तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्।
उनले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताए।
त्यसका लागि निर्वाचन आयोगले मिति तोक्नुपर्ने खड्का बताउँछन्।
‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’
कांग्रेस पदाधिकारी बैठकको हालैको निर्णय पनि राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने र एकताबद्ध ढंगले तयारी गर्ने थियो। साथै कांग्रेसले निर्वाचन आयोग र सरकारलाई राष्ट्रपति निर्वाचन मिति तोक्न तथा कुनै कानुनी समस्या देखिएका भए समयमै समाधान गर्न ध्यानाकर्षण गराएको थियो।




