तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थल त्रिवेणी धाम ।।।
धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थल त्रिवेणी धाम ।।।
विनोद मण्डल माघ १४ । प्रदेश १ काे उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं २ खोक्सा स्थित कमला नदी किनारमा लाग्ने मेला धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा रहेको छ ।
मैनी मेला समेत भनिने त्रिवेणी मेला वडा नम्बर २ को तावा, कमला र ककरु नदीको संगमस्थल त्रिवेणीमा हरेक वर्षको माघे संक्रान्तिदेखि मेला लाग्ने गर्दछ ।
परापूर्वकालदेखि यस मेलामा आएर भाकल गरे अनुसारको पशु पन्क्षी वलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ ।
विगतमा प्रदेश १, २ र बाग्मती प्रदेश तथा भारतबाट समेत यस मेलामा मकर नुवाई पूजा आराधना गर्न दर्शनार्थीहरु आउने गरेको पाइन्छ । विगतमा पहाडी जिल्ला ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसँग व्यापारिक सम्बन्ध कायम राखेको त्रिवेणी मेला पूर्वाञ्चलकै ऐतिहासिक र लामो समय लाग्ने मेलाका रुपमा परिचित छ ।
माघ १ गतेबाट वर्षेनी १५ दिनसम्म लाग्ने त्रिवेणी मेलामा यस पटक अन्य वर्षको तुलनामा व्यवस्थापकीय पक्ष राम्राे रहेको अवस्था रहेको पाइन्छ । त्रिवेणि धाममा आदर्श पुरुष राम र सीताले स्नान गरेको हुनाले उक्त ठाउँमा अाम मानिसले मकर नुहाउने गरेको जन विश्वास गरिन्छ । प्रतेक बर्ष यस ठाउँमा जंगली जनावर बाघले मकर नुहाउन आउने गरेको बागको पाईला बाट देखेर अनुमान लगाउन सक्ने आयोजकले बताए ।
अत्यधिक पर्यनको सम्भावना बोकेको यस ठाउँमा समयको मागसँगै विकाश भईरहेको अवस्था रहेको देखिन्छ ।





