रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21जाडो छल्न दाउरा वितरण गर्दै धनगढीमाई ।।
जाडो छल्न दाउरा वितरण गर्दै धनगढीमाई ।।
बिनोद मण्डल पुस २६ । मौसमी प्रभावका कारण बढिरहेको चिसोले आम जनजीवन कष्टकर भएपछि धनगढीमाई नगरपालिकाले आफ्ना पालिकाका सबै वडाहरूमा दाउरा वितरण अभियान आगाडी बढाएको छ ।
पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा सडकको दायाँ बायाँ रहेको रुखहरुलाई कटान गरी जिल्ला वन कार्यालय सिरहाको मातहतमा राखिएको दाउरा योग्य काठ यतिबेला नगरले दाउराको रूपमा सदुपयोग गरेको छ ।
चिसो बढेपछि आवस्यक कानुनी प्रक्रिया पुगाई ईलाका वन कार्यालय धनगढीको परिसरमा रहेको दाउरालाई नगरका सबै वडाहरूमा वितरण गरिएको वडा अध्यक्ष सरोज महतोले बताउनु भएको छ ।
चिसोले जनजिवन प्रभावित भएपछि लगातारको पहलबाट करिब ७ चटान दाउरा आफूहरुले वितरण गर्न सकेको अर्का वडा अध्यक्ष सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
जनतालाई चिसोबाट बचाउनका लागि दाउरा वितरण गरेर नगरले अशल काम गरेको वडा अध्यक्ष ओम यादब बताउनुहुन्छ ।
दाउरा वितरणले धनगढीमाईको विभिन्न टोल बस्तीमा सामूहिक जंमघट हुने स्थलहरूमा दाउरा वितरण गरिएको हो ।