खातुनको खोजीमा सहयोगको अपिल ।।।

0Shares

खातुनको खोजीमा सहयोगको अपिल ।।।

बिनोद मण्डल १ पुष । सप्तरी बोदेबर्साइन न पा २ गौरा बस्ने मो० उसमानको पत्नी अमिला खातुन हिजो बिहिबार स्थानिय बर्साइन बजारमा सर सामान किन्न गएकी थिइन तर यो समाचार तैयार पारुन्जेल आफ्नो परीवारको सम्पर्कमा नआएको बुझिएको छ ।

खातुनको पारिवारिक स्रोतका अनुसार खातुन हटीया बजार सकेर घर आउने क्रममा बजार देखि उतर २ कि मी गौरा जानू पर्नेमा भुलबस पश्चिम तिर हुलाकी सडक हुँदै भगवानपुर र त्यहाँ देखि उत्तर लहान जाने सडकको महेशबारी थाना अगाडी आज बिहान ९:० बजे देखिएको जानकारी निज खातुनकी देवरानी छोरा मो० मुस्तुफले दिएका हुन ।

स्मरण शक्ति कमजोर रहेको र आफ्ना परीवारसंग मात्र कुराकानी गर्ने बानी रहेको खातुनको खोजतलासका लागि परीवार जनले आम सबैलाई आग्रह गरेका छन ।

खातुनको खोजतलासमा आवस्यक सहयोगको लागि नागरिक समाज , संचारकर्मी , सुरक्षा निकाय लगायत सम्पुर्णमा परीवार जनले अनुरोध गरेका छन ।

खातुनको घरको सम्पर्क नम्बर ९८१४५२९१९६ र ९८१९९१११५९ रहेको छ । यसका साथै नजिकको प्रहरी चौकीमा खवर गरिदिनका लागि समेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *