मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
महिलाको हत्यारा पक्राऊ ।।
महिलाको हत्यारा पक्राऊ ।।
विनोद मण्डल मंसिर २८ । कर्तव्य गरी ज्यान मार्ने २ जना मानिसहरु सिराहा प्रहरीकाे नियन्त्रणमा रहेका छन ।
मिति २०७९।०८।२७ गते अं. १५:०० बजेको समयमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. १० स्थित अकरहिया जंगलमा घाँस काटन गएकी जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया पिडारी टोल बस्ने अं. बर्ष २६ की लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका प्रतिवादीहरुलाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालाय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले वारदातमा प्रयोग भएको खुकुरी सहित मानिसहरुलाई नियन्त्रणमा लिएको छ ।
पक्राऊ परेकालाई सम्मानित
जिल्ला अदालत, सिरहाबाट कर्तब्य ज्यान मुद्दामा सात दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको बुझिएको छ ।
हत्यारा हरू,,
(१) जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया टोल बस्ने रामचन्द्र महत्तोको छोरा अं. बर्ष २० को राजकुमार महत्तो कोईरी ।
(२) ऐ.ऐ. वडा नं. १ बस्ने हेमन्त कुमार रजकको छोरा अं. बर्ष २० को नितेश कुमार रजक भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारीले जनाएको छ ।






