सागर ढकाल लेख्नुहुन्छ ।

0Shares

सागर ढकाल लेख्नुहुन्छ ।

खासमा डडेल्धुराका जनतालाई गालि किन ? अलि विस्तृतमा राखे है ‌ । जितेर हार्नु भन्दा हारेर जित्न उचित ठाने ।

स्वच्छ प्रतिस्पर्धा गरे । १३,००० मत पनि पाए । मेरो करिब ६-७ हजार मत राता रात सागर गुल्मी गैसक्यो भन्ने भ्रम फिजाएर लगिएको मत हो । सागर गुल्मीको मात्र पनि होइन डडेल्धराकै पनि थियो, हो र भैसक्यो र नेपाल आमाको सच्चा छोरो हो।

आज भ्रम पनि चिर्छु । मेरो आफ्नै दिदिको बिहे ६ बर्ष अगाडि डडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा न २ को काजी भट्टसंग भएको हो । डडेल्धुरामा मेरा नातापाता हजारौं हुनुहुन्छ । तर म आफै नातापाता , आफन्त को राजनिती गर्न हुँदैन भन्ने सोचेर आफ्नो आफन्तसंग भेटघाट पनि गरिन । मलाई यहाँका ठुला ठालाले भ्रमको राजनिती गरि रहँदा , मेरा आफन्तहरुले डडेल्धुराको सालो हो भनेर थाहा देउ भनेर दबाब पनि दिनुभयो । तर अबको राजनिती नितान्त एजेन्डा , क्षमता र दक्षता को हुनुपर्छ भनेर मैले त्यसो गरिन । गणितीय जित मात्र जित हैन , केही जित त्यो भन्दा माथी हुन्छ ।
जितेर हार्न भन्दा , हारेर जित्न ठिक ठाने ।

म डडेल्धुरासंग प्रत्यक्ष रुपमा जोडिएको ६ बर्ष भन्दा बढी भयो । डडेल्धुराका जनताले परिवर्तन नचाहेको भए १३,००० मत दिनुहुन्थ्यो होला त ? गाउमा मौन अवधिमा रातारात भ्रम फिजाएर ६,००० मत चोरिएको न हो । त्यसैले सम्मान गर्नुहोला डडेल्धुरा बासीलाई । तर प्रशासन र निर्वाचन आयोग , पैसाको खोलो बगाउने नेतालाई भने हामीले जहिले नियम कानुन कडा पालना गर्न दबाब सिर्जना भने सधैँ गर्नुपर्छ ।

डडेल्धुरा बासीलाई गाली गर्नुभनेको मलाई पनि गाली गर्नु हो । त्यसो नगरिदिनुहोला ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *