४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
अबैध भन्सार चोरी निकासीका मादक पदार्थ (रक्सी) र सरसमानहरु नियन्त्रणमा ।।।
अबैध भन्सार चोरी निकासीका मादक पदार्थ (रक्सी) र सरसमानहरु नियन्त्रणमा ।।।
विनोद मण्डल मंसिर १४ । धनुषा प्रहरीले मादक पदार्थ सहितको सरसामान बरामद गरेको छ ।
मिति २०७९।०८।१३ गते अ. १६;०० बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकनन्दनी गा.पा. वडा नं. १ दशगजा स्थित नेपालबाट भारत तर्फ लगि बिक्रि बितरण गर्नको लागि राखिएको मादक पदार्थ बरामद गरेको छ ।
बिभिन्न किसिमका मादक पदार्थ (रक्सी) बरामद गरी अ.मु.रु. ६,१२,२६५।– बराबराका मुल्यांकन कायम गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।
साथै मिति २०७९।०८।१३ गते अ. १५;०० बजेको समयमा यस कार्यालय खटिएको प्रहरी टोलीले जिल्ला धनुषा बिदेह न.पा. वडा नं. ६ स्थित सार्वजनिक स्थानमा दुईवटा मो.सा.मा बिभिन्न किसिमका लताकपडाहरु लोड गरिएको अवस्थामा बेबारिसे अवस्थामा फेला पारी अ.मु.रु. ३,५५,०००।– मुल्यांकन कायम गरी आज मिति २०७९।०८।१४ गते आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






