धोती अभियान शुरू गर्दै धर्मेन्द्र गिरी ।।

0Shares

धोती अभियान शुरू गर्दै धर्मेन्द्र गिरी ।।

बिनोद मण्डल मंसिर १४ । पछिम नवलपरासीको चर्चित व्यक्तित्व तथा नवलपरासी यूवा समाजका अध्यक्ष धर्मेन्द्र गिरी प्रतिनिधी सभा सदस्य निर्वाचनबाट स्वतन्त्र उम्मेद्बारी दिएपनि उनी पराजीत भएको एक हप्ता नबित्दै सामाजिक सांस्कृतिक पहिचानको लागी सडकमा उत्रिने भएका छन ।

काठमाण्डौको थापाथली स्थित सुकुम्बासी वस्तीमा मेयर बालेन शाहले बस्ती खाली गराउन गरेको प्रयास प्रति स्थानियले प्रयाेग गरेको शब्दप्रति गिरी चिन्तित भै उनी लेख्छन

” बालेन शाह कुनै एक सम्प्रदाय विशेषका होईनन , ऊनी एक राष्ट्र भक्त र नेपाल कै एक असल नेपालीका हैसियतले नेपाल र नेपाली नागरिकका लागी अति नै हितकारी काम गर्दैछन, त्यै पनी ऊनलाई धोती भनेर हेला गरियो । त्यसकै विरोधमा हामीले नवलपरासीका सबै प्रमुख road हरुमा “I AM PROUD TO BE DHOTI“ भनेर सेतो paint ले लेखदैछौ त्यो पनी हरेक १०० मीटरको दूरी मा (बालेन शह लाई support को लागी ) “

उनि थप्दै भन्छन यदि तपाईलाई धोती हुनुमा गर्व छ भने आऊनुहोस यस “I am proud to be dhoti “ अभियानमा जोडिनुहोस । यदि तपाईहरु यस अभियानमा जोडिन चाहनु हुन्न भने पनी म एकलै पनी यस अभियानलाई पूरा गरेर छाडछु ।

साथै आम स्थानियलाई उनले आफ्नो अभियानमा जोडिनका लागि आग्रह समेत गर्दै भन्छन ” तपसील बमोजिम को स्थान र समयमा उपस्थित भइदिनुहुनको लागी हार्दिक अनुरोध छ ।

स्थान: परासीको बुद्धचोंक बाट सुरु गर्ने

समय: भोली बिहान ८ बजे (मंगसिर-१५) paint र brush को साथमा धोती लगाएरै म तपाईको परखाईंमा हुनेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *