नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
बालबिवाह मुक्त एतिहासिक घोषणा कार्यक्रम सम्पन्न ।
.बालबिवाह मुक्त एतिहासिक घोषणा कार्यक्रम सम्पन्न ।।
विनोद मण्डल मंसिर १४, । सप्तरी जिल्लाको सुरुङ्गामा बाल विवाह मुक्त घोषणा कार्यक्रम सम्पन्न गरिएको छ ।
सुरुङ्गा नगरपालिकाको कदमाहा कभर्ड हलमा आयोजित कार्यक्रममा ” हामीहरू बाल विवाह गर्दैनौ र गराउँदा बाल विवाहमा हुने भोजमा सामेल हुँदैनौ” भन्ने मुख्य उक्तिका साथ थालिएको कार्यक्रममा सहभागी वक्ताहरुले सामाजमा बालविवाह नगराउने तथा बालविवाहको भोजभतेरमा समेत सामेल नहुने प्रतिबद्धतासहित भव्यताका साथ कार्यक्रमको समापन गरिएको थियो ।
सबाल नेपाल , सेभ दि चिल्ड्रेन र सुरुङ्गा नपाको आयोजनामा प्रदेशमै पहिलो एतिहासिक बालबिवाह मुक्त नगरपालिकाकाे रूपमा घोषणा गर्न सफल भएकाे छ सुरुङ्गा नगरपालिका ।
समाजमा व्याप्त कुरीति कुसंस्कारका कारणले गर्दा बालबालिकाको कलिलो उमेरमा हुने बिबाहले पर्ने सारिरीक असरप्रती समाज बेलामा सचेत नभएको खण्डमा समाजमा पर्न जाने नकारात्मक असरप्रति सबैले खुलेर बिरोध गर्नुपर्ने धारणा राख्दै कार्यक्रमको उद्देश्यमाथि वक्ताहरुले प्रकाश पार्नु भएको हाम्रा सहकर्मी वीरेन्द्र नेपालले जनाएका छन्






