कर्तव्य गरी ज्यान मार्ने २ जना मानिसहरु प्रहरी नियन्त्रणमा ।।।

0Shares

कर्तव्य गरी ज्यान मार्ने २ जना मानिसहरु प्रहरी नियन्त्रणमा ।।।

विनोद मण्डल मंसिर १२ । कर्तव्य गरी ज्यान मारेको आरोपमा दुई जनालाई सिराहा प्रहरीले पक्राऊ गरेकाे छ ।

मिति २०७९।०८।०९ गते अं. २३:४० बजेको समयमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ बडहरी टोल स्थित नरगी-बडहरी सडक खण्डमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ नरगी टोल बस्ने अं. बर्ष ३२ को राम शंकर यादवको मृत लाश फेला परेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा अजय कुमार साह र दिपेन्द्र कुमार यादव समेतका व्यक्तीहरुले राम शंकर यादवलाई कर्तव्य गरी हत्या गरेको घटनामा निजहरु बिरुद्ध कर्तव्य ज्यान मुद्दा शिर्षकमा जाहेरी प्राप्त भएपछि जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं.१ बडहरी टोल बस्ने अं. बर्ष ४८ को दिपु भन्ने दिपेन्द्र कुमार यादव र २) ऐ.ऐ. बस्ने अं. बर्ष ४२ को अजय कुमार साह लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *