लैंगिक हिंसा बिरुद्धको थ अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।

0Shares

लैंगिक हिंसा बिरुद्धको थ अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल मंसिर ११ । महिला हिंशा विरुद्धको ३१ औ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सिराहा प्रहरीले थालेका छन् ।

सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं.१० नरहैया स्थित समुदायिक भवनमा ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहा, मुक्ति नेपाल सिरहाको संयुक्त आयोजनामा उक्त वडाका वडा सदस्य नारायण मुखियाको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय समुदायहरु, भद्रभलादमीहरु, विद्यालयका शिक्षक/शिक्षिकाहरु तथा छात्र/छात्राहरु र बुद्धिजिबिहरु समेतको उपस्थितिमा अर्न्तराष्ट्रिय नारा “UNITE: ACTIVISM TO END VIOLENCE AGAINST WOMEN AND GIRLS” आधारमा तय गरिएको “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा “लैंगिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रम” गरिएको थियो ।

कार्यक्रममा , प्रहरी नायव निरिक्षक राजाराम यादवले ” समुदायमा रहेको लैंगिक बिभेद, घरेलु हिंसा, दाईजो प्रथा, वालबिवाह, सामाजिक कु-प्रथा, सामाजिक मुल्य-मान्यताका सामाजिक कु-रिती कानुन बिपरित कार्य ” भएको बताउनु भएको थियो ।

कार्यक्रममा समाजको कु-प्रथाहरुलाई कसरी न्युनिकरण तथा निरुतसाहित गर्न सकिन्छ? हिंसाबाट कसरी जोगिन सकिन्छ भन्ने विषय वस्तुमाथि चेतना मुलक अन्तर्क्रिया गर्दै कार्यक्रमको समापन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *