राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान ।।।

0Shares

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान ।।।

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि मतदान गरेका छन्  । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिको पशुपति मावि ‘ क’ केन्द्रबाट आइतबार बिहान मतदान गरेका हुन् । 

मतदान गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना शनिबार पर्वत पुगेका थिए । मतदानपछि अध्यक्ष तिमिल्सिनाले निर्धक्क र भयरहित वातावरणमा मतदान गर्न सबै मतदातालाई अनुरोध गरेका थिए ।
पर्वतमा प्रतिनिधिसभाको १ निर्वाचन क्षेत्र रहेको छ भने प्रदेशसभाका दुई निर्वाचन क्षेत्र छन् । पर्वतका सबै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *