नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रदेशसभा सदस्यमा भोट नहालेका रवि लामिछाने भन्छन् : संरचना सुधार्न आवश्यक छ ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
प्रदेशसभा सदस्यमा भोट नहालेका रवि लामिछाने भन्छन् : संरचना सुधार्न आवश्यक छ ।।।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट उनले मतदान गरेका हुन् ।
सभापति लामिछानेले प्रदेशसभा सदस्यामा भने मत खसालेनन् । अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उनको भनाइ थियो । अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेशसभामा आफू सहभागी नबनेको उनको दाबी छ ।
चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न भने पाएनन् । भोट खसालिसकेपछि सञ्चारकर्मीहरुसाग कुरा गर्दै उनले आफूले जितेमा देश समृद्ध, सुशासित हुने प्रतिबद्धता जनाए ।
‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हितमा भए मात्रै हामी सहभागी हुन्छौँ । हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दु:ख पाउने छैनन् । अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ,’ उनले भने ।






