अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
निवर्तमान सभामुख सापकोटाले गरे मतदान ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
निवर्तमान सभामुख सापकोटाले गरे मतदान ।।।
काठमाडौँ — निवर्तनमान सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । सापकोटाले सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट मतदान गरेका हुन् ।
निवर्तमान सभामुख सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावि कुबिन्डे मतदान केन्द्रबाट आइतबार बिहान मतदान गरेका हुन् ।
सापकोटाले आवधिक निर्वाचन लोकतन्त्र स्थापित गर्ने अवसर रहेको बताए । मतदानपछि उनले भने, ‘मतदानमा आम नागरिकको उत्साहजनक सहभागिता छ । निर्वाचन लोकतन्त्रलाई स्थापित गर्ने महत्वपूर्ण अवसर हो ।’
माओवादी केन्द्रका नेतासमेत रहेका सापकोटा यसपटक उम्मेदवार छैनन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए । यसपटक भने उनले चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।सापकोटा २०७६ माघमा सभामुख पदमा निर्वाचित भएका थिए ।
यसपटक सिन्धुपाल्चोक १ बाट पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका माधव सापकोटा र एमालेबाट सरेश नेपाल प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।






