अस्तित्वमा पूर्वका उराव नाँच ।।।

0Shares

अस्तित्वमा पूर्वका उराव नाँच ।।।

बिनोद मण्डल कार्तिक ११ सिराहा । नेपालका अल्पसंख्यक समुदाय उराबको नाच प्रदर्शनको ठाउँ नभएर लोप हुने सम्भावना रहेको पाईन्छ ।

धनुषा, सिराहा , सुनसरी, मोरङ , झापा लगायतका जिल्लाहरुमा थोरै जनसंख्यामा रहेको यस जातिका मानिसहरू कठिन परिश्रम गरेर जिउन विवस रहेको पाईन्छ । सरकारले यस जातिको विकासप्रति उदासिन बन्दा सोझा प्रकृतिका यस जातिको धर्म संस्कृति जोगाउन आवस्यक रहेको छ ।

भर्खरको तिहारको अवसरमा यस जातिले सामूहिक रूपमा देउसी भैलो खेलेर रमाएका छन् । यस जातिको नाच झट्ट हेर्दा मगर समुदायहरुको हुरा नाच जस्तो देखिएता पनि नेपालका अल्पसंख्यक जनजाती आदिबासी उराँव जातको उराँव नाच सामूहिक रूपमा काधमा हाथ राखेर सामूहिक रूपमा गोलो घेरा बनाएर नाँच्ने परम्परा रहिआएको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *