मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Tuesday, July 7, 2026
अस्तित्वमा पूर्वका उराव नाँच ।।।
अस्तित्वमा पूर्वका उराव नाँच ।।।
बिनोद मण्डल कार्तिक ११ सिराहा । नेपालका अल्पसंख्यक समुदाय उराबको नाच प्रदर्शनको ठाउँ नभएर लोप हुने सम्भावना रहेको पाईन्छ ।
धनुषा, सिराहा , सुनसरी, मोरङ , झापा लगायतका जिल्लाहरुमा थोरै जनसंख्यामा रहेको यस जातिका मानिसहरू कठिन परिश्रम गरेर जिउन विवस रहेको पाईन्छ । सरकारले यस जातिको विकासप्रति उदासिन बन्दा सोझा प्रकृतिका यस जातिको धर्म संस्कृति जोगाउन आवस्यक रहेको छ ।
भर्खरको तिहारको अवसरमा यस जातिले सामूहिक रूपमा देउसी भैलो खेलेर रमाएका छन् । यस जातिको नाच झट्ट हेर्दा मगर समुदायहरुको हुरा नाच जस्तो देखिएता पनि नेपालका अल्पसंख्यक जनजाती आदिबासी उराँव जातको उराँव नाच सामूहिक रूपमा काधमा हाथ राखेर सामूहिक रूपमा गोलो घेरा बनाएर नाँच्ने परम्परा रहिआएको पाईन्छ ।





