थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
बिगु गाउँपालिका वडा नम्बर ८ खोपाचागु वडा स्तरीय भलिबल प्रतियोगिता सुरु ।।।
बिगु गाउँपालिका वडा नम्बर ८ खोपाचागु वडा स्तरीय भलिबल प्रतियोगिता सुरु ।

सन्तोष ठान्टी थाङ्मी
दोलखाको बिगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

खोपाचागु खेलकुद समिति र थामीचागु कल्याणकारी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथी गाउँ पालिकाका उपप्रमुख देबिका थामी अतिथि वाड अध्यक्ष हिरा थामी बिशेष अतिथि सभा अध्यक्ष बिक्रम थामी लगायत प्रतिनिधि राजनीतिज्ञ बुद्धिजीवी उपस्थित अतिथि सहभागी थिए ।

बलिहाङ्ग पर्व दिपावलीको अवसरमा आइतबारदेखि थाङ्मीचागुको ठातिपोले प्रांगणमा सुरु भएको अन्तर वडास्तरिय प्रतियोगितामा बिगु गाउँपालिका भरिको १० टिम सहभागी भएको छन र यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ३० हजार र उपविजेताले २० हजार नगदसहित टफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तृतिय स्थान हाँसिल गर्ने टोलीले १० हजार र सान्त्वना हुने टोलीले ५ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खेलकुद समितिको आयोजक अध्यक्ष बिक्रम थामीको अध्यक्षतामा भएको कार्यक्रममा बिगु गाउँपालिका उपप्रमुख देबिका थामी खोपाचागु ८ वाड अध्यक्ष हिरा थामी बिकास थामी कुमारी थामी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





