राजनीतिक यात्रामा धर्मेन्द्र गिरी ।।।

0Shares

राजनीतिक यात्रामा धर्मेन्द्र गिरी ।।।

विनोद मण्डल असाेज २३ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि नवलपरासी ( बर्दघाट सुस्ता पक्षिम) निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी धर्मेन्द्र गिरीले दर्ता गराउनु भएको छ ।

गिरीले जिल्लामा आम किसानको समस्या , केरा किसानको समस्या , डुवान समस्या , ट्राफिक सचेतना लगायतका सामाजिक कार्यमा विगतका दिनहरूमा सक्रिय भुमिका निर्वाह गर्दै आएका गिरी चुनाबी मैदानमा होमिएका छन ।

सामाजिक कार्यमा निक्कै चतुर मानिएका गिरीले समाजमा रहेकाे विकृति विसंगतिको विरुद्धमा हरदम समाजलाई सचेत गराउँदै आइरहनु भएको छ । उनी स्वच्छ, ईमान्दार , स्पस्ट बक्ता , मृदु भाषी , दुरदर्शी साथै आम जनताको वारेमा चिन्तित भइरहने गिरीले आफनो राजनीतिक यात्राको स्वतन्त्र रूपमा अगाडि बढ्ने धारणा अगाडी ल्याएका हुन् ।

पुराना नेतागण भनाउदा हरुले समाजमा हालसम्म समाजको हित हुने काम नगरेको आम जनतालाई सास्ति दिएको समाजमा भ्रष्टाचार , अत्याचार अनि तस्कर नीतिलाई उखेलेर फाल्नको निम्ती र जिल्लाको अनुहार फेर्नको निम्ति चुनाबी मैदानबाट उनी जस्ता स्वतन्त्र व्यक्तिको आगवनमा तपाईं हाम्रो साथ सहयोग आवश्यक भएको हुनाले समयमा असल नेतृत्वको पहिचान गर्न जरुरी देखिएको छ ।

स्मरण रहोस् उनी नवलपरासी यूवा समाजका अध्यक्ष पदमा रहेर काम गर्दै आएका अशल समाजका व्यक्ति मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *