रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21MNO-DGG मंगोल समुदायले गरे दशैं बहिष्कार ।।।।
MNO-DGG मंगोल समुदायले गरे दशैं बहिष्कार ।।।।
संवाददाता असोज २२ । हिन्दूहरूको चाड दसैंलाई मंगोल समुदायहरूले बहिष्कार गरेका छन् ।
मङ्गोल समुदायको पितापुर्खा माथि राज्यका तत्कालीन शासक वर्गहरू द्वारा लादिएको दशैं होली तिज शिवरात्रि जस्ता चापर्वहरु आफ्नो समुदायको धर्म संस्कृति नभएको मंगोल समुदायले बताएका छन् ।
सुनसरीको धरानमा आयोजित एक कार्यक्रमका बिच गत बर्षहरूलाई निरन्तरता दिदै जिल्ला मंगोल सभा सुनसरीले पुर्खाहरूकाे सम्झनामा श्रद्धाञ्जली शाेक सभा तथा दशै बहिष्कार सभा सम्पन्न गरेको थियो ।
धनकुटा जिल्लाकाे चुलिवनमा रहेको रिदमाहाङ्ग र राम्लिहङ्ग मङ्गोल पुर्खाहरुको सिस्ट्यचु परिसरमा भएको मङ्गोल पुर्खाको आत्मा सम्मान हिन्दुहरुको चाड दशै बहिष्कार सोक सभामा स्थानिय मंगोलहरुको बाक्लो उपस्थिती रहेको थियो । सभामा बोल्दै अधिकांश वक्ताहरुले राज्य सरकारले विगत लामो समयदेखि निरन्तर मंगोल समुदायमाथि प्रहार गरिरहेको बताएका छन् भने कार्यक्रममा पिता पुर्खाप्रति समवेदना समेत ब्यक्त गरिएको मंगोल समितिले जनाएको छ ।