रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21मकवानपुरगढी महिला भलिबल च्याम्पियन !
मकवानपुरगढी महिला भलिबल च्याम्पियन
हेटौंडा — मकवानपुरगढी गाउँपालिकाले मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ । बुधबार हुप्रचौरमा भएको फाइनलमा बकैया गाउँपालिकालाई २५–१५, २५–१९, २५–१३ को सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो ।
विजेता मकवानपुरगढीले ५० हजार र उपविजेता बकैयाले ३० हजार रुपैयाँ पुरस्कार पाए । विजेतालाई हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले पुरस्कृत गरिन् ।
मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित हुँदा गढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर र रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित भइन् । मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की उदीयमान खेलाडी घोषित भए । हेटौडा उपमहानगरपालिका–४ स्थित मैदानमा भएको प्रतियोगितामा ७ टिमले भाग लिएका थिए ।