मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मकवानपुरगढी महिला भलिबल च्याम्पियन !
मकवानपुरगढी महिला भलिबल च्याम्पियन
हेटौंडा — मकवानपुरगढी गाउँपालिकाले मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ । बुधबार हुप्रचौरमा भएको फाइनलमा बकैया गाउँपालिकालाई २५–१५, २५–१९, २५–१३ को सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो ।
विजेता मकवानपुरगढीले ५० हजार र उपविजेता बकैयाले ३० हजार रुपैयाँ पुरस्कार पाए । विजेतालाई हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले पुरस्कृत गरिन् ।
मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित हुँदा गढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर र रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित भइन् । मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की उदीयमान खेलाडी घोषित भए । हेटौडा उपमहानगरपालिका–४ स्थित मैदानमा भएको प्रतियोगितामा ७ टिमले भाग लिएका थिए ।





