थाङ्मी समुदायको छैठो जिल्ला अधिवेशन भ्यव्यताको तयारी पुरा ।।।

19Shares

थाङ्मी समुदायको छैठो जिल्ला अधिवेशन भ्यव्यताको तयारी पुरा ।।।

विनोद मन्दल ७ असोज । मुलबासी भुमीपुत्र थामी समुदायको बाहुल्यता रहेको दोलखा जिल्लामा उक्त समुदायको जिल्ला अधिवेशन तयारी पूरा भएको छ ।

निको खाम संस्कृति धर्म त्याङ परम्परा गोमको थाङमी समाजको एतिहासिक छैठो दान सभा आप्रा लोङ्गको सभा हुन लागेको आयोजक कमिटीका विक्रम थामीले जनाएका छन् ।

नेपाल थामी समाज दोलखा जिल्ला शाखाको छैठो जिल्ला अधिवेशन उद्दघाटन समारोह कार्यक्रम भव्यताका साथ असाेज ८ गते हुन लागेको छ ।

दोलखाको सदरमुकाम चरिकोटको सिम्पानी हलमा आयोजित हुने कार्यक्रममा राष्ट्रका उच्च व्यक्तित्व लगायत जिल्लाका प्रमूख व्यक्तित्वहरु सहभागि हुने वुझिएको छ भने कार्यक्रममा थामी समुदायको जातिय नाच्न गान प्रस्तुत गरिनुका साथै आयोजक कमिटी द्धारा थामी समुदायको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको वुझिएको छ ।

राज्य पक्षबाट थामी समुदायकाे सही पहिचान हुन नसक्दा थामी समुदायको सामाजिक विकाश ओझेलमा परेको अवस्था रहेको पाइन्छ । कार्यक्रममा बाईक र्याली निकालिनुका साथै थामी समुदायको पहिरनमा जिल्ला सदरमुकाम चरिकोटमा गुरु आपा झाक्री नाच सहित थामी समुदायको सहभागितामा सदरमुकाम परिक्रमा गरिने भएको छ ।
अधिवेशन तयारीले गर्दा सदरमुकामका मुख्य प्रवेश द्वारहरुमा थामी समुदायको व्यानर टागिएको छ भने अर्कोतिर समारोह स्थल रंगिएको अवस्था रहेको कारण स्थानीयमा खुशीयाली छाएको छ ।

अधिवेशनबाट प्राप्त निष्कर्षले थामी समुदायको बाहुल्यता रहेको दोलखा जिल्लामा समुदायको लागि अशल कामको सुरुवातमा सकारात्मक धारणा बाहिर आउँने आयोजक कमिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *