४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
भत्केका भवन र भुईंमा बसेर पढ्छन् बालबालिका
७ असोज, काठमाडौं । नेपालको संविधानले आधारभूत तहलाई अनिवार्य र नि:शुल्क भनेको छ र माध्यामिक शिक्षालाई निशुल्क गर्ने भनेको छ ।

तर कतिपय क्षेत्रका बालबालिकाले आधारभूत तहको शिक्षा पनि सजिलैसँग पाउन सकेका छैनन् । ग्रामीण क्षेत्रका कतिपय विद्यालयका बालबालिका ज्यान जोखिममा राखेर पढ्न बाध्य छन् ।
स्थानीय तह, जिल्ला शिक्षा समन्वय इकाइको बेवास्ता जस्ता कारणले विद्यार्थीहरु आधारभूत तहकै पढाइमा सास्ती भोग्न बाध्य छन् ।
विद्यालय जानेहरु पनि भवन नहुँदा प्लाष्टिकको पालमुनि, भत्किएका र जीर्ण भएका भवनमा र बाँसको टाटीमा पढ्न बाध्य छन् ।





