कञ्चनपुरमा सडेको अवस्थामा ३ जनाको शव भेटियो

0Shares

असोज ३ धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा  तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

Thangmichagu.com

लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले आइतबार साँझ तीन जनाको शव भेटिएको बताउँदै सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको बताए ।

‘दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन्’ प्रहरी निरीक्षक मल्लले भने, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि पहिचान गर्न सकिएको छैन ।’

आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ  । डीएनए संकलनका लागि चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *