पत्रकार टेकराज थामीको सकुशल उद्धार गर्न फोनिजको माग ।।।
2026-08-28बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!
2026-08-28
Friday, August 28, 2026
कञ्चनपुरमा सडेको अवस्थामा ३ जनाको शव भेटियो
असोज ३ धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले आइतबार साँझ तीन जनाको शव भेटिएको बताउँदै सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको बताए ।
‘दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन्’ प्रहरी निरीक्षक मल्लले भने, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि पहिचान गर्न सकिएको छैन ।’
आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । डीएनए संकलनका लागि चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।





