नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।
2026-08-27
Thursday, August 27, 2026
समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै
असोज २ आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार गर्ने तयारी भइरहेको बताए । बैठक बिहान ११ बजे बस्नेछ ।
यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले सङ्घीय तर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशीतालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।





