नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान
2024-11-21इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20राजनीतिमा एउटा बाैद्धिक अनुहार ।।।
राजनीतिमा एउटा बाैद्धिक अनुहार ।।।
सिराहा भदाै 24 । नेपाली राजनीतिक इतिहासमा फेरबदल एउटा सामान्य नागरिकले बुझेका विषय हुन् । समयले कोल्टे फेर्दै गर्दा बाैद्धिक व्यक्तित्वको चाहना समाजले गरिरहेका हुन्छन् । राजनीतिक भाषणबाट वाक्क दिक्क भएका जनताको सामु यतिबेला नयाँ अनुहारहरू आफ्ना भावी योजनाका साथ आइरहेका छन् ।
सिराहा जिल्लाको क्षेत्र न. 2 को “ख” बाट प्रदेश सभा सदस्यको लागि सरस्वती मोडल स्कूल कसंहा धनगढीमाई 7 का सन्चालक तथा आदरणीय ब्यक्तिव विष्णु न्यौपाने नेकपा माओबादीबाट सिफारिस हुनु भएको खवरले यतिबेला समाज तरंगित भएका छन् । लामो शैक्षिक ईतिहास बोकेका शैक्षिक बौद्धिक क्षमता भएका समाजसेवी , मृदु भाषी , शालीन छविका धनी , प्रखर वक्ता , समाजमा व्याप्त विकृति विसंगति हटाउन आफ्ना बुलन्द आवाज उठाउने समाजका परिवेश मुताबिक आम युवाहरुको प्रतिनिधित्वको सम्बाहक सिरहाको धनगढीमाई 13 का स्थायी बासिन्दा विष्णु न्यौपाने एक अशल समाजसेवी मानिन्छन् ।
समाजमा सकारात्मक धारणा राख्दै आएका न्यौपाने धनगढीमाई 13 मा वडा कार्यालय बनाउनका लागि आफ्ना जग्गा दान गरेर आम जनतालाई स्थानिय स्तरमा सेवा प्रदान गराउनमा ठूलो योगदान गर्नू भएको छ । विद्यालयका संस्थापक समेत रहेका उनले जेहेन्दार र गरीब ,दलित ,विपन्न लगायतका विद्यार्थीलाई विगत लामो समयदेखि निशुल्क पठन पाठन गराइरहेका छन् । आम अभिभावकका अति प्रिय मानिएका न्यौपानेको राजनीतिक आगमनले आम जनता यतिबेला खुशी भएका छन ।
चौतर्फी चर्चाका पात्र बनेका उनलाई निर्वाचन अघिदेखि विजयको अग्रिम शुभकामना दिनेहरुको घुइँचो लाग्ने गरेको अवस्था रहेको देखिन्छ । निजी विद्यालय प्यावसंनका जिल्ला अध्यक्ष लगायत केन्द्रिय कमिटी सम्मका पद सम्हाल्दै आएका न्यौपाने विभिन्न संघ संस्था द्वारा बेला बेलामा सम्मानित समेत हुदै आएका छन् । बाैद्धिक जमातमा समेत बाैद्धिक मानिएका न्यौपाने आम जनताको समस्यालाई उजागर गर्न क्षमताबान दूरदर्शी व्यक्ति भएकोले उनको राजनीतिक आगमनले आम जनतामा खुशी छाएको देखिन्छ ।