मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
दार्चुलाको लास्कु खोलामा बाढी : १३ घर बगायो, ४ जना बेपत्ता
२५ भदौ, काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए ।
प्रहरी निरीक्षक मगरका बाढीमा फसेकाहरूको अहिले सुरक्षाकर्मीको टोली उद्धार गरिरहेको छ । उनीहरूलाई उद्धार गरि स्थानीय सामुदायिक सेवा केन्द्रमा राखिएको छ ।
बाढीले लास्कु खोलाकै झोलुङ्गे पुल पनि बगाएको छ । उक्त पुल बगाएपछि खोला पारिको वस्ती आवातआजतबाट वञ्चित भएको छ ।
खोला पारिको वस्तीका नागरिक फोन सम्पर्क भए पनि पुल भत्किएकोले राहत वितरणमा कठिनाइ हुने प्रहरी निरीक्षक मगरले बताए ।
साथै सोही झोलुङ्गे पुल विस्थापित गर्न बनिरहेको पक्की पुल पनि बाढीले बगाएको छ ।
लास्कु खोलामा आएको बाढी महाकाली नदीमा मिसिएको छ । यसले महाकाली नदी आसपासमा पनि क्षति गर्न सक्ने भन्दै स्थानीय प्रशासनले सचेत गराएको छ ।





