कमला बचाउ अभियानका साथमा कार्जनहाबासी ।।।।

46Shares

कमला बचाउ अभियानका साथमा कार्जनहाबासी ।।।।

विनोद मण्डल भदाै 24 सिराहा । वातावरणीय विविधताको दृष्टिले खानी जन्य उत्खनन् समुदायको लागि हानिकारक मानिएको अवस्थामा अवैध उत्खनन् बिरुद्दमा स्थानिय जनता आन्दोलित भएका छन् ।

सिरहाको कर्जनहा नगरपालिकामा अवस्थित कमला नदीको किनारमा अवैध उत्खनन् हुन् थालेपछि स्थानिय जनता कमला नदी बचाउ अभियानका साथमा अगाडि आएका छन् । सरकारी मापदण्ड विपरीत अबैध रुपमा कमला नदीको उत्खनन् गरी ग्रावेल चोरी निकासी हुन् थालेपछि पर्यावरण बचाउ अभियानका साथ “नदी माफिया बेचन शर्माको स्टक नियन्त्रण गर ” जस्ता चर्का नारा लगाउँदै आज दिँउसो करिव 3 बजेको समयमा कर्जन्हा वडा नं 1 बल्टियाबाट सर्वदलीय संयुक्त संघर्ष समितिद्वारा निकालिएको र्यालीमा आम स्थानियको सहभागिता रहेको थियो भने चर्का नारा लगाउँदै स्थानिय बन्दीपुरमा जुलुश सहित आएका स्थानियले कोणसभा गरी कार्यक्रमको समापन गरेको थियो । कार्यक्रममा करिब 250 जनाको सहभागीता रहेको थियो ।

सम्बन्धित निकायले सत्य तथ्यको छानबिन नगरे आफूहरु सडक आन्दोलनमा जाने कार्यक्रमका संयोजक प्रभात महतोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *