मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
कमला बचाउ अभियानका साथमा कार्जनहाबासी ।।।।
कमला बचाउ अभियानका साथमा कार्जनहाबासी ।।।।

विनोद मण्डल भदाै 24 सिराहा । वातावरणीय विविधताको दृष्टिले खानी जन्य उत्खनन् समुदायको लागि हानिकारक मानिएको अवस्थामा अवैध उत्खनन् बिरुद्दमा स्थानिय जनता आन्दोलित भएका छन् ।
सिरहाको कर्जनहा नगरपालिकामा अवस्थित कमला नदीको किनारमा अवैध उत्खनन् हुन् थालेपछि स्थानिय जनता कमला नदी बचाउ अभियानका साथमा अगाडि आएका छन् । सरकारी मापदण्ड विपरीत अबैध रुपमा कमला नदीको उत्खनन् गरी ग्रावेल चोरी निकासी हुन् थालेपछि पर्यावरण बचाउ अभियानका साथ “नदी माफिया बेचन शर्माको स्टक नियन्त्रण गर ” जस्ता चर्का नारा लगाउँदै आज दिँउसो करिव 3 बजेको समयमा कर्जन्हा वडा नं 1 बल्टियाबाट सर्वदलीय संयुक्त संघर्ष समितिद्वारा निकालिएको र्यालीमा आम स्थानियको सहभागिता रहेको थियो भने चर्का नारा लगाउँदै स्थानिय बन्दीपुरमा जुलुश सहित आएका स्थानियले कोणसभा गरी कार्यक्रमको समापन गरेको थियो । कार्यक्रममा करिब 250 जनाको सहभागीता रहेको थियो ।
सम्बन्धित निकायले सत्य तथ्यको छानबिन नगरे आफूहरु सडक आन्दोलनमा जाने कार्यक्रमका संयोजक प्रभात महतोले बताए ।





