साहित्यिक पत्रकारिता पुरस्कारले हाम्रो प्रजाशक्तिको संवाददाता सविता संकल्प पुरस्कृत

15Shares


दार्जीलिङ, २७ अगस्त (निस) : विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा अन्तराष्ट्रिय दुइदिने समारोहको प्रथम दिनको समारोह राहुल राई बोगीको अध्यक्षता गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यालय प्रमुख अनित थापाको प्रमुख आतिथ्य आजदेखि २७ अनि २८ अगस्तको समारोह गोर्खा रङ्गमञ्च भवनमा आरम्भ गरियो।
प्रथम सत्रको दिन विभिन्न कार्यक्रमको साथमा आशारानी स्मृति पुरस्कार प्रा. तेजमान बराईली साहित्य क्षेत्रमा, कर्ण थामी स्मृति पुरस्कार दलसिंह अकेलालाई गीतकारको रूपमा अनि साहित्यिक पत्रकारिता पुरस्कार साहित्यिक पत्रकारिता पुरस्कारद्वारा हाम्रो प्रजाशक्तिका संवाददाता सविता संकल्प सम्मानित गरियो। पुरस्कृत तीन स्रष्टाहरुलाई उक्त पुरस्कारसितै नगद राशी एक लाख एक हजारको साथमा अभिनन्दन पत्र, स्मृति चिन्ह, दोसल्ला, शिरशोभा आदिले सम्मानित गरियो। यसै कार्यक्रमको दोस्रो सत्रको समारोहमा विभिन्न साहित्यिक अनि सांगीतिक समागमहरूको साथमा प्रतिष्ठ साहित्यकार, साहित्य अकादेमी नेपाली भाषा परामर्श समिति संयोजक डा जीवन नामदुङ, सिक्किमबाट आमन्त्रित विशेष अतिथि सीपी शर्मा साथै डा सुकराज दियालीलाई उक्त मन्चमा सम्मान जनाइएको छ भने
समारोहमा दार्जीलिङका प्रतिष्ठ गायिका सोनु राईद्वारा गीत प्रस्तुत गरियो। विनेसाम भारत शाखाको मुखपत्र नवकलमका धारहरू साहित्य सेतु कविता संग्रह, सामूहिकरूपमा विमोचन गरियो। यस दुइदिने समारोहमा मणिपुर, आसाम, समारोहमा त्रिभुवन विश्वविद्यालय प्राज्ञ डा देवी नेपाल, त्रिपुराका कुलपति ( त्रिपुरा विश्वविद्यालय) प्रो. गंगाप्रसाद प्रसाई, सिक्किमबाट सी पी शर्मालगायत विभिन्न स्थानहरूबाट अतिथिहरूको उपस्थिति रहेको थियो। उक्त समारोहमा विनेसाम भारत शाखाको पक्षमा अन्तराष्ट्रिय समागमको निम्ति अध्यक्ष राहुल राई बोगीको, सचिव सुमित्रा अविरल, उपसभापति रन्जि गुरुङ, सहसचिव सितादेवी छेत्री. प्रमुख सल्लाहकार सुकराज दियाली. सल्लाहकार शरद छेत्री, सहकोषाध्यक्ष कृष्ण पी ठटाल, प्रचारप्रसार हर्कु तामाङलगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *