अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
शैलुङ आलु उत्पादनमा अगाडि ।।।
शैलुङ आलु उत्पादनमा अगाडि ।।।
विनोद मण्डल भदौ १ । दोलखा जिल्लाको शैलुङ्ग गाउँपालिकामा आलु उत्पादनप्रती किसानहरू आकर्षित भएका छन् ।
वर्षको दुईपटक आलु उत्पादन हुने यस ठाउँको आलु राजधानी काठमाण्डौ लगाएत देशका विभिन्न शहरमा पुग्ने गरेको छ । मिठो र अर्गानिक आलु खेती शैलुङ गाउँपालिकाका ८ वटा वडाहरूमा मुख्य खेतीको रूपमा हुँदै आएको छ ।
स्थानिय गोबर मल खेतमा हालेर उत्पादन गरिने आलुको माग बजारमा बढिरहेको कारण स्थानिय किसानहरू आकर्षित भएर आलु उत्पादन गरिरहेका छन् । स्थानिय सरकारको उदासिनताका कारण शित भण्डारको अभावमा आलु लामो समयसम्म राख्न नसकेको स्थानिय किसानहरू बताउनुहुन्छ ।
करीब ६ महिनासम्म खान योग्य यस ठाउँको आलुलाई भण्डारण गरेर राख्ने सितभण्डारको व्यवस्था नहुँदा सिजनमै सस्तोमा आलु बेच्नु पर्दा किसानले उल्लेख्य फाइदा लिन नसकेकाले यहाँ स्थानीय निकायको पहलमा भण्डारणको ब्यबस्था गरिएको छ ।
सिजनेवल रूपमा आलु उत्पादन नहुँदा बजारको मागअनुसार बाहिरी मुलुकबाट आलु आयात गर्नुपर्ने बाध्यता रहेको अवस्थामा दोलखाको वास्तविक भूगोललाई खयाल गर्दै उत्पादनमा लगानी बढाउन सरकार अगाडि आउनुपर्ने देखिन्छ । आलु उत्पादनकाे वातावरणीय हावापानी यस ठाउँमा भएको कारण आलु उत्पादनमा थोरै लगानीमा धेरै उत्पादन बढाउन सकिने अवस्था रहेकाे देखिन्छ । अन्य जिल्लाको तुलनामा यस जिल्लामा व्यावसायिक आलु उत्पादन वृद्धि गरी मिठो आलु बिदेश निर्यात गरि राम्रो आम्दानीको स्रोत बनाउन सकिन्छ ।
तस्वीर – बिजय घिसिङ्ग/ दोलखा
Credit:SushilAryal






