दुई वर्षसम्म कैद सजाय पाएकालाई सुधारगृहमा राख्न सकिने, कात्तिक १५ देखि लागू हुने
2026-10-17जीबी राईको सन्देश सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रवि र छविलाई नजोड्न आग्रह
2026-10-17
सिटीको सहज जित
सिटीको सहज जित
प्रिमियर लिग फुटबलमा साविकको विजेता टोली म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन इके गुन्डोगन, केभिन डी ब्रुयना र फिल फोडेनले एक–एक गोल गरे । एक गोल सिटीले आत्मघाती उपहार पाएको थियो । खेलको १९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
३१ औं मिनेटमा डी ब्रुयनाले गोल गर्दा सिटीले अग्रता दोब्बर बनायो । ३७ औं मिनेटमा फोडेनले गोल गर्दा सिटीले ३–० गोलको अग्रता बनायो । ७९ औं मिनेटमा बर्नमाउथका जेफेर्सन लेर्माले आत्मघाती गोल गर्दा सिटीले ४–० गोलको सहज जित निकाल्यो ।
जितसँगै सिटीले दुई खेलमा ६ अंक जोडेको छ । सिटी शीर्ष स्थानमा छ । पराजित बर्नमाउथको २ खेलबाट ३ अंक छ । आज नै भएको अर्को खेलमा साउथह्याम्पटनले लिड्स युनाइटेडसँग २–२ गोलको बराबरी खेलेको छ ।
यसै समयमा भएका अन्य दुई खेल पनि बराबरीमा सकिए ।
फुलहम र उल्भ्ससँग गोलरहित बराबरी खेल्दा ब्राइटनले पनि न्युक्यासलसँग गोल रहित बराबरी खेल्यो ।






