तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
राहदानी विभागमै पासपोर्ट बनाइदिन्छु भन्दै असुली, ४ जना पक्राउ

१४ साउन, काठमाडौं । काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ छन् ।
उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको डीएसपी अनिल घिमिरेले बताए । उनका अनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो पनि छ ।
उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि चार दिन म्याद लिइएको घिमिरेले बताए ।





