मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
एमालेले एम अधिकारीलाई सीसीटीभी फुटेजसँग साट्यो : रवि लामिछाने

१४ साउन, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन् ।
शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले शर्मामाथिको संसदीय छानबिनमा एमालेले समेत शर्माको कमजोरी लुकाउन सहयोग गरेको टिप्पणी गरेका हुन् ।
‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस् । रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला ।’
नेकपा एमालेको अर्थ तथा योजन विभागको सदस्य रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ दल र तिनका भ्रातृ संगठनले गभर्नरको राजीनामा मागेका थिए । लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए ।
विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्र्दै लामिछानेले अब जनतालाई जे भनेपनि हुन्छ भन्ने मानसिकता अन्त्य गर्न युवाहरु जाग्नुपर्ने बताए ।
लामिछानेले भ्रष्टाचार र बेतिथिको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्ने समेत दाबी गरेका छन् ।
उनले देशभर स्वतन्त्र उम्मेदवारसँगको समन्वय र सहकार्य समेत सुरु भइसकेको बताएका छन् । लामिछानेको पार्टीले आयोजना गरेको सुदूरपश्चिम प्रदेश भेलालाई स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका गोपाल हमालले समेत सम्बोधन गरेका थिए ।




