काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

0Shares

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । 
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  स्थानीय तह निर्वाचन २०७९ को  समीक्षा आउँदो   प्रदेश  र प्रतिनिधि  सभाको   निर्वाचनको  रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताए ।

बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।  आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।
हुन् काँग्रेसका प्रस्तावित नयाँ भ्रातृ तथा शुभेच्छुक संस्था (सूचीसहित)


भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् । यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ ।

बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रुपमा अनुमति प्रदान गर्नेछ । अब काँग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *