कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
Monday, September 14, 2026
अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो

अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो
अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ । यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो । तीन खेलको शृंखला भारतले २-१ ले जित्यो ।
२१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो । भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए । इंग्ल्यान्डका रिसी टोप्लेले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो । इंग्ल्यान्डका लागि डेभिड मालनले ७७ रन बनाए । भारतका हर्सल पटेल र रवी विश्नोईले समान दुई विकेट लिए ।





