गोलबजारको गोलपार्क जीर्ण बन्दै प्रसासनीक निकाय हिसाब मिलानमा भौतारिंदै ।।।

0Shares

गोलबजारको गोलपार्क जीर्ण बन्दै प्रसासनीक निकाय हिसाब मिलानमा भौतारिंदै ।।।

विनोद मण्डल अषाढ़ २६ । सिराहाको गोलबजार स्थित महेन्द्र राजमार्गको माझमा बनाइएको गोलपार्क वनमारा घारीमा परिणत भएको छ ।

स्थानिय बजारको पहिचानको रूपमा परिचित गोलपार्क संरक्षणको अभावमा जीर्ण बन्दै वनमारा घारीमा परिणत भएको छ ।

सडकको माझमा बनाइएको गोलपार्कको घेराबेरा भत्किएपछि सुन्दर नगरी गोलबजारको सुन्दरतामा कमी आएको छ भने अर्कोतिर सडकको मध्यमा बनाइएको पार्कले गर्दा पूर्व पक्षीम आउँने जाने सवारी साधनलाई आवागमनमा अवरोध खडा गरिरहँदा पनि मौन सहमति जनाएका गोलबजार बासीले गोलपार्कको भौतिक संरचना जीर्ण बन्न थालेको अवस्थालाई देखेर चिन्ता व्यक्त गरेका छन् ।

सडकको मापदण्ड विपरीत निर्माण गर्न नहुने पार्क निर्माणको लागि स्वकृती दिने प्रसासनीक निकाय पनि दोषी हुन् । निर्माण गर्न नहुने ठाउमा सरकारी रकमको दुरुपयोग गरेर निर्माण गरिसके पछि संरक्षण गर्नुपर्ने हो या होइन ? अहिले पार्कको दूर्दशा भएको छ । के सामान्य संरचनाको निर्माण गर्न पनि योजना नैं पर्खिनु पर्ने हो ? पार्क भित्र फालिएका फोहोरलाई व्यवस्थापनको लागि गोलबजार नगरपालिका संग साधन र स्रोतको अभाव भएकै हो त ? गोलपार्क सम्बन्धमा नगरपालिकाको बेखवरिले जवाफदेही समाप्त भएको सहजै अनुमान लगाउन सकिन्छ ।

गोलबजार नगरपालिकाको प्रशासकिय अधिकृत , लेखा अधिकृत र योजना अधिकृत विगतका हिसाब किताब मिलानको लागि दिनभरि हराएर सुरक्षा निकायको सहारा मागिरहेको बजार हल्लाले गोलबजारमा सनसनी बढ्दै गएको अवस्थाको सिर्जना भइरहेको अवस्थामा आम गोलबजारबासीले अरु जे भएपनि तत्काल गोलपार्क संरक्षणको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *