वर्षेनी बलान नदीले धार परिवर्तन सँगै बस्ती जोखिममा ।।।

0Shares

वर्षेनी बलान नदीले धार परिवर्तन सँगै बस्ती जोखिममा ।।।

विनोद मण्डल आषाढ़ २४ । सिराहा र सप्तरी जिल्लाको सीमानाको रुपमा रहेको बलान नदीमा वर्षेनी वर्षाको समयमा आउने बाढीले बहावको धार परिवर्तन गर्दा नदीको दुई छेउको जमीन कटान जारी रहेको छ ।

सिराहाको उत्तरी भेग अर्थात् उदयपुर जिल्लाको सिमानाबाट उत्पति भएको नेपालको दोश्रो स्तरको नदीको रूपमा परिचित रहेको नदी हो बलान ।

उत्तरी क्षेत्रमा उकालो पर्ने हुँदा यस नदीले खासै क्षति नगरेता पनि मधेशको दक्षिणी भागमा नदी फराकिलो वर्षेनी भइरहेको अवस्था रहेको पाइन्छ ।

नदीको दुई छेउमा रहेको उब्जनी हुने जमीनको कटानले किसानहरुको हातमुख जोड्ने साधन खोसिएको छ भने नदीको कारणले यस क्षेत्रमा व्यापक गरीवता बढिरहेको छ ।

अत्यधिक बालुवा बोक्ने नदी भएको कारणले गर्दा यसबाट खासै सिँचाइ गरिएको छैन । बर्षामा नदीको सतह बढेर उब्जनीयोग्य जमीनमा बालुवा थुपार्दै गर्दा आम मानिसमा चिन्ता बढिरहेको छ ।

नदीले वर्षेनी दुःख दिँदा पनि सरकार मौन बसेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *