घरेलु एम्बुलेन्स मार्फत बिरामीको उपचार ।।।

0Shares

घरेलु एम्बुलेन्स मार्फत बिरामीको उपचार ।।।

विनोद मण्डल आषाढ़ २३ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ मा वर्षाको समयमा घरेलु एम्बुलेन्स अर्थात् झोलुङ्गेमार्फत बिरामीको उपचारमा लाने चलन यथावत रहेको पाइन्छ ।

दुर्गम बस्तीको रूपमा परिचित दलमे, खुट्टी, महाजनी, मैनी खोला , गागन लगायतको बस्तीहरूमा बाटोघाटोको अभाबको कारण मानविय जीवन वर्षाकालमा कष्टमय हुने गरेको स्थानियले बताएका छन् ।

पूर्वपक्षीम राजमार्ग देखि करिब २० किलोमीटरको दूरीमा रहेको यस ठाउँमा भएको बाटोघाटोलाई बर्सेनि बाढी पानीले बगाउँदा करिब ४ महिनासम्म यहाँका जनताले कष्टमय जीवन बिताउने गरेको छ ।

सामान्य बिरामी पर्दा पनि औषधी अभावमा स्थानियहरुले स्थानिय बजार धनगढीसम्म आइपुग्न करिब ४ घण्टाको पैदल यात्रा तय गर्नुपर्ने बाध्यता रहेको पाइन्छ । जिरोमाईल देखि हाथीढुङ्गा सम्म बनाइएको बाटोको कालोपत्रे र मर्मत सम्भार नहुँदा स्थानियले सास्ती भोग्न विवस भएको छ । सडकलाई वर्षाले असर गर्दा संभावित जोखिमबाट बच्न केवल मानविय साधन नै एक मात्र विकल्प रहेकाे हुनाले स्थानीयमा बिगतमा रहिआएको सास्तीमा कमी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *