वर्षासँगै आएको पहिरोका कारण सिन्धुलीसहित १२ जिल्लामा सडक अवरुद्ध भएको छ ।

0Shares

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोका कारण सिन्धुलीसहित १२ जिल्लामा सडक अवरुद्ध भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, नवलपरासी, धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६ मा पहिरोले पुन यातायात अबरुद्ध भएको छ । गोलञ्चोर गाउँपालिका ६ को अक्करेभीरबाट खसेको पहिरोले यातायात पुन अवरुद्ध बनेको हो । अक्करेको पहिरो सफा गरेर हिजो साँझबाट यातायात सञ्चालनमा ल्याईए पनि लगातारको बर्षाले पुन पहिरो जाँदा यातायात अबरुद्ध भएको हो । अक्करेभीरको पहिरो स्काभेटरको सहायताले हटाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । यातायात अबरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

यस्तै, सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका १ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरुद्ध भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालका ९ नक्तडीमा गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध भएको छ । मोरङको लेटाङ नगरपालिका ३ फायर लाइनस्थित लेटाङ कानेपोखरी सडकमा रुख लडेर सडक अवरोध भएको छ । बागलुङको गल्कोट नगरपालिका ७ आगाखेतमा सडक अवरुद्ध भएको छ । मंगलबार राति पहिरो गएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । प्युठानको सरुमारानी गाउँपालिका ४ अँधेरी खोला र पाँकुरी खोलामा आएको लेदो सहितको पहिरोका कारण प्युठान भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ । माण्डबी गाउँपालिका ५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *