निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
बैंकिङ कसुर मुद्धामा दोषि ठहर भएका रामेछापका एक पुरुष पक्राउ परेका छन् ।

काठमाडौंँ । बैंकिङ कसुर मुद्धामा दोषि ठहर भएका रामेछापका एक पुरुष पक्राउ परेका छन् ।
बैंकिङ कसुरमा मुद्धामा दोषि ठहर भई फरार रहेका रामेछापको सुनपति गाउँपालिकाका ४३ वर्षीय विनोद घिसिङ पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आज काठमाडौंँको जोरपाटीबाट पक्राउ गरेको हो । उनीविरुद्ध परेको बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले गत पुस २७ गते एक करोड दुई लाख ५० हजार रुपैँया जरिवानासहित २१ दिन कैदको सजाय तोकेको थियो ।
रामेछाप घर भई हाल जोर पाटी बस्दै आएका घिसिङले मेघा बैंक लिमिटेड बौद्ध शाखामा रहेको आफ्नो खातामा नगद मौज्दात नभएको जानी जानी विभिन्न व्यक्तिहरुलाई चेक दिएर झुक्याएका थिए । उनीविरुद्ध तीन जनाले जाहेरी दिएका थिए ।





