नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
असार १५-१९औँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

दोलखा ।असार औँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।
यो वर्ष धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
नेपाली समाजमा असार १५ गते देशभर राष्ट्रिय धान दिवस मनाउनुका साथै दही चिउरा खाने पर्वको रुपमा पनि लिईन्छ । खेतीपाती लागायत अन्य पेशा र व्यवसायमा लागेकाहरुले दही चिउरा खाई असार १५ मनाउने गर्दछन् । दही चिउराले शरीर शितल भई शक्ति सञ्चय हुने बिश्वास गरिन्छ । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापेर रमाईलो गर्ने चलन छ । असारमा एकपटक हिलामा पस्नैपर्ने मान्यता नेपाली समाजमा रहेको छ ।





