रबि लामिछानेले राजनीति पाटी खोल्नु नै गल्ती भयो

0Shares

रबि लामिछानेले राजनीति पाटी खोल्नु नै गल्ती भयो

रबि लामिछानेको राजनीति सल्लाहकार नै रबिको भविस्य समाप्त पर्ने ग्याङ्ग हुन ।
रबि लामिछाने राजनीति आउदा धेरै कुरोमा घाटा छ जस्तै
१) पैसा सकिन्छ ।
२) पत्रकारिता सकियो ।
३) स्वतन्त्र जनताको सिम्प्याथी सकियो ।

रबि लामिछाने राजनीतिमा आउने हो भने चितवनको झेल बाट निस्किने बेलानै पाटी घोषण गरि आएको भए आज सम्म पाटि संगठन बलियो हुन्थ्यो । प्रदेश तथा प्रतिनिधि सभाको चुनाब आउन लाग्यो अहिले पाटी दर्ता गरेर चुनाब जित्नु भनेको झिनो आशा रबि को मात्र हो अरु उस्को पाटिको नेताहरु जित्न सक्दैनन ।

पहिलो गल्ती पाटिको नाम राख्न नै जानेना जस्ले गर्दा अब पाटिको सदस्य लिनेहरुले रबिको पाटिमा जादैन्न किनाकि रबि को पाटीको सिद्धांत नै छैन । न कम्युनिस्ट( साम्यबाद समाजवाद ) बिचार धारा न पुजीवादी बिचारधारा न कुनै दर्शन नै छ रबिनामा रबि शुन्य दर्शनमा बसेर राजनीति गरिरहेको छ जस्ले गर्दा राजनीति उचाइमा पुग्न सक्दैनन् ।।।।
एमाले , काङ्ग्रेस , माओवादी ,MNO ,MNO GG , समाजबादी , एस , जनमत , राप्रपा , लोसपा यी आदि पाटीहरुले सङ्गठित सदस्यहरु १ लाख देखि ८/९ लाख प्रत्येकको पुर्याइ सक्यो । जुन पाटिको कार्यकर्ता हुदैन त्यो पाटीको जित हुदैन । मधेसका युवाहरूले बैज्ञानिक सिकेराउत लाई नै सपोट गर्छ्न अब रबि तराईमा नगए पनि हुन्छ । हिमाल र पाहड तिरका स्वतन्त्र युवाहरु mno र mno gg ले आफ्नो पकट बनाइ सके बाकी बहुसंख्यक युवाहरु माओवादी , काङ्ग्रेस , एमालेको सकृय कार्यकर्ता छन ।

दोश्रो गल्ती चुनाब चिन्ह नै राख्न जानेना
घन्टीमा भोट बहुसंख्यक अहिन्दु इसाइ, इस्लाम , किरात र बुदिस्टहरुले भोट हाल्दैन उता हिन्दुले पनि आफ्नै राप्रपाको हलोमा भोट नहाली रबि लामिछानेको पाटिलाई भोट हाल्ने कुरै भएना त्यही भएर रबि को पाटी शुन्यतामा आउँछ छिट्टै ।।।।

रबिको प्राय कार्यकर्ता बिदेशमा काम गर्ने युवाहरु छन बिदेशको युवाहरुले रबिलाई भोट हाल्न voice nepal अडिसनको जस्तो अन्लाईन मा जस्तो भोट हाल्न मिल्दैन पैसा त चुनाबमा ५ देखि १० कोरोड त उठाएर पठाउलान तर एमाले, काङ्ग्रेस, माओवादीको एक जना नेता ले १५देखि २० कोरोड खर्च गर्ने क्षमताका छन ।

रबि लामिछानेले अहिले स्वतन्त्र बाट उठेर शेर बहादुर , केपि ओलि वा प्रचण्ड लाई हराएर च्यालेज लिएर जित्ने चुनाब पछि पाटी खोलेको भए अर्को १० बर्ष पछि पुरै नेपाल बाट बहुसंख्यक प्रदेश र प्रतिनिधि सभामा सभासदहरुको जित हुन्थ्यो चुनाब आउन लाग्यो अहिले नै हाम फाले पछि त खरानी नै हुने भो रबिको ।

प्रत्येक्ष जनता द्वारा निर्वाचित प्रधानमन्त्री तथा रास्ट्रपति प्रणाली नेपालमा लागू हुदैन । किनाकि संविधान फेर्न व्यवस्था बदल्ने आन्दोलन हुनु पर्छ रबि को त अवस्था फेर्ने मात्र हो रे रबिको अदुर्दर्शी बिचार ले गर्दा आफै तहसनहस हुने भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *