निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
बैदेशिक रोजगारीमा अलपत्र शाह ।।।

बैदेशिक रोजगारीमा अलपत्र शाह ।।।
विनोद मण्डल आषाढ ९ । बैदेशिक रोजगारीमा दुबई पुगेका एक नेपाली अलपत्र परेका छन् ।
सिरहाको धनगढीमाई ३ कुर्वा हनुमाननगर घर भई हाल बैदेशिक रोजगार अन्तर्गत bait all jound order delivery company मा बाईक राइडरको काममा गएका विसुन देव शाह करिब ६ महिनादेखि काम नपाएर विदेशमा कोठामा कोचिएर बस्न विवश भएको बुझिएको छ ।

करीब चार लाख साठी हजार रकम तिरेर विदेश गएका शाहको घर रिनले डुब्ने अवस्था एकातिर रहेको छ भने अर्कोतिर उनी उद्दारको प्रतिक्षामा बसीरहेका छन् । उनलाई विनोद कुमार दास नामको एजेन्टले करिब ६ महिना अगाडि दुबई पठाएका थिए । एजेन्टलाई पीडितका घर परिवारले पटक पटक उद्दारको लागि पहल गरेता पनि असफल भएको अवस्था रहेको छ ।
एजेन्टको नंबर 9862844915 रहेको छ भने 0565814522 पीडितको नंबर रहेको मिथिलेश कुमार महतोले जानकारी दिएका छन् ।

नेपाल स्थित बैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल काठमाण्डौको नमबर 014220311 ,014220433 रहेको छ।





