दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ७३ लाख भन्दा बढी बजेट विनियोजन गरेको छ ।

0Shares

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ७३ लाख भन्दा बढी बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ७२ करोड ७३ लाख ९१ हजार ७ सय १० रुपैँया बजेट विनियोजन गरेको हो । चालुतर्फ १० करोड ५८ लाख ८३ हजार र पुँजीगततर्फ २१ करोड बजेट विनियोजन गरिएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान सहित गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड बढी बजेट ल्याएको हो । कालिञ्चोक गाउँपालिकाका उपाधयक्ष कुल बहादुर बुढाथोकीले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको हो । कालिञ्चोक गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष शिक्षामा सबैभन्दा बढी २ करोड ४८ लाख बजेट विनियोजन भएको छ भने सबैभन्दा कम बजेट संस्थागत विकासमा १२ लाख विनियोजन गरिएको छ ।

कृषि तथा पशुपालनमा १ करोड ६४ लाख, स्वास्थ्यतर्फ १ करोड ३४ लाख, युवा स्वरोजगार कार्यक्रममा ५० लाख तथा विपद व्यवस्थापनमा ३० लाख बजेट विनियोजन गरिएको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक बजेट सार्वजनिक भएको हो । बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत नवराज आली लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *