घनश्यामभन्दा पहिले ओलीलाई कारवाही गर्नुपर्छ: मेटमणि चौधरी

0Shares

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वप्रथम कारवाही गर्नुपर्ने बताएका छन् । घनश्याम भुसालभन्दा केपी शर्मा ओलीले पार्टीमा अनुशासन पालना नगरेको भन्दै चौधरीले यस्तो बताएका हुन् ।

प्राइम टिभीको कार्यक्रम जनता जान्न चाहन्छन्मा उनले यस्तो बताएका हुन् । उनले आगामी संघीय संसद्को निर्वाचनलगत्तै मुलुकको राजनीतिक समिकरणमा फेरबदल आउने र माधव नेपाल प्रधानमन्त्री बन्नसक्ने अवस्था आउने बताए ।

हिजो नेपाली कांग्रेसले २३ सिट जित्दा शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री होला र ? भनेर कसैले पनि कल्पना नगरेको तर अहिले मुलुकको नेतृत्व देउवाले गरिरहेको उनले स्मरण गराए । उनले राष्टियता, कम्युनिष्ट आन्दोलन र नैतिकतालाई शीरमा राखेर हेर्ने हो भने माधव नेपाल केपी ओलीभन्दा धेरै ठीक नेता रहेको टिप्पणी गरे ।

उनले माधव नेपाल उत्कृष्ट नेता भएको दाबी गरे । उनले आफ्नो पार्टीको एमालेसँग कुनै एकता र सहकार्य नहुने पनि जिकिर गरे । उनले एमाले छोडेर आफ्नो पार्टीमा आउनेहरुको लर्को लाग्ने बताए । उनले एमाले अध्यक्ष ओली झुटो बोल्न, खुराफाती र बद्मासी गर्न बहादुरी मान्छे रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *