नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
बञ्चरेडाँडामा बल प्रयोग गरेरै फोहर लगिँदै, १४ जना स्थानीयवासी पक्राउ

काठमाण्डाै – काठमाण्डौबाट फोहर लिएर गएका गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले रोकेपछि प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको छ ।
सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सहमतिपछि फोहर लिएर गएका गाडीलाई स्थानीयवासीले रोकेपछि अवराेध हटाइएकाे नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रकाश साहले जानकारी दिनुभयो । अवरोध हटाउने क्रममा १४ जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो ।
धुनिबेसी नगरपालिका वडा नम्बर १ र ककनी गाउँपालिका वडा नम्बर ३ का क्षेत्रमा प्रहरीले अवरोध हटाएको हो । अहिले पनि त्यहाँको अवस्था सामान्य नरहेको स्थानीयवासीले बताएका छन् ।
एसपी साहले भने केही स्थानीयवासीले फोहर बोक्ने गाडी रोकेका र प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको भन्दै झन्डै एक सय ३० वटा गाडी बञ्चरेडाँडातर्फ गइरहेको बताउनुभयो । ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाले यसअघिको सम्झौता कार्यान्वयन भएपछि मात्रै फोहर लैजान दिने बताएका छन् ।





