काठमाण्डौंको रेष्टुरेन्टमा युवती बलात्कृत, दोलखा तामाकोसीका युवक पक्राउ

0Shares

काठमाडौं – हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कृत भएकी छन् । उनीमाथि बलात्कार गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री रहेका छन् ।

प्रहरीका अनुसार पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । टेकुका एसपी दिनेशराज मैनालीले चार दिनअघि भएको घट्नामा पीडितले दिएको जाहेरीका आधारमा ती युवकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए । ती युवतीले रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी थिईन् । उनीमाथि बलात्कार भएको सूचना प्रहरीले पाएपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर सोमवारदेखि अनुसन्धान सुरु गरेको थियो ।

घटनाबारे आरोपी खत्रीउपर मुलुकी अपराध [संहिता] ऐन, २०७४ को परिच्छेद(१८ को देहाय २१९ ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भई रहेको छ ।

‘तत्काल पीडितलाई आवश्यक संरक्षणमा लिएर विस्तृत स्वास्थ्य परीक्षणलगायतको कार्य गरेका थियौं’ मैनाली भन्छन्, ‘अहिले पीडकविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको दिन घट्ना भएको हो । पीडितको ‘कोल्ड ड्रिङ्कस’मा मदिरा मिसाएर खुवाई लठ्ठाएर जबरजस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *