नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
MNO-DGG संगठनले देशव्यापी नेतृत्व प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

काठमाडौं: जेठ २१ गते । मंगोल नेसनल अर्गनाइजेसन- डा. गोपाल गुरुङ (MNO-DGG)ले देशव्यापी नेतृत्व प्रशिक्षण गर्ने भएको छ । बागमती प्रदेश अन्तरगत काठमाडौंको सुकेधारामा गरेको उपत्यका नेतृत्व प्रशिक्षण कार्यक्रममा प्रेसिडेन्ट बिरलाल वाला हाङ्गले उक्त कुरा बताउनु भएको हो ।

प्रेसिडेन्ट बिरलाल हाला हाङ्गले भन्नुभयो ‘आज हामीले काठमाडौंबाट नेतृत्व प्रशिक्षण कार्यक्रम सुरुवात गरेका छौँ । अब हामीले देशव्यापी नेतृत्व प्रशिक्षण गरेर लानेछौं । संगठनमा विचलन आएकोले नेताकार्यकर्ता Leadership Training दिनु परेको हो ।’

त्यस्तै, गरि संघीय नेता आरएन मंगोलले प्रशिक्षण दिनुभएको थियो । साथै उपस्थित नेताकार्यकर्ताले पनि आफ्नो धारणा राखेका थिए ।
त्यस्तै, उपत्यकामा बसोबास गर्ने नेताकार्यकर्तालाई लक्षित गरि उक्त कार्यक्रम गरिएको व्यवस्थापन टिमले जनाएको छ । कार्यक्रमको व्यवस्थापन बागमती प्रदेश प्रमुख ड्यासिङ्ग तामाङको टिमले गरेको थियो ।





